बलिउड सुपरस्टार अमिताभको नगरीमा निल डेभिड्स युनिसेक्स सलुन

हेयर स्टाइलिष्ट निल डेभिडको निल डेभिड्स युनिसेक्स सलुनको लोकप्रियता बढ्दै जाँदा भारतमा पनि यसको फ्रेञ्जाइजी बढ्न थालेका छन्। उनको फ्रेञ्जाइजी सलुन भारतको अलाहबादमा पनि सञ्चालनमा आएको छ। उनको सो फ्रेञ्चाइजी ब्राण्डको बलिउडका सुपरस्टार अमिताभ वच्चनको नगरी अलहाबादमा भारतिय व्यापारी अजय अग्रवाल र सोमनीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन्। उक्त फ्रेञ्जाइजी सलुन अन्तराष्ट्रिय स्तर र अत्याधुनिक शेलीको छ।

भारतको मुम्बई स्वस्तीका फ्रेञ्चाइजी मेनमेजन्टले निलको भारतका विभिन्न शहरमा १ शयको संख्यामा फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने गरी निलसूग सम्झौता गरेको छ। जसअनुसार गुहाटी आसाममा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आईसकेको छ भने चाँडै नयाँ दिल्ली, अजमगढ, वाराणासी र लखनउमा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आउने तयारी भईरहेको निलले बताए।

‘पहिले आफै दिल्ली, थाइल्याण्ड, लण्डन र सिंगापुरमा ३ वर्ष लगाएर हेयर स्टाइल र मेकअप आर्टिष्टको कोर्ष पढी अन्तराष्ट्रिय डिग्री लिएँ’ निलले भने ‘यही अध्ययन मेरो बलियो आधार बन्न पुग्यो र आज झापा लक्ष्मीपुरको यो युवा भारतसम्म आफ्नो फ्रेञ्चाइजी सलुन र शाखा सलुन सञ्चालनमा ल्याउन सफल भएको छ।’ उनले आगामी मार्च १३ मा सिलगुढीमा निल डेभिड्स स्टाइलो सलुनसमेत सञ्चालनमा ल्याउने भएको छन्।

SUBSCRIBE YOUTUBE CHANNEL

मनोरन्जनात्मक पोस्टहरु

Loading...