विवेक सापकोटाको अपराधिक घटनामा अनुप बिक्रम शाही

विवेक सापकोटाको निर्देशनमा फिल्म ‘निसाफ’ निर्माण हुने भएको छ। अपराधिक घटनामा प्रेमकथा मिसाएर यो फिल्म निर्माण हुन लागेको हो। सुपरियल फिल्मस्को ब्यानरमा बन्न लागेको यो फिल्मलाई एस जंग रानाले निर्माण गर्न लागेका हुन्।

फिल्ममा अनुप बिक्रम शाही, सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको मुख्य अभिनय रहनेछ।

फिल्मको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन्। फिल्ममा दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहने छ भने फिल्मको विक्री-बितरण रोहित रत्नले गर्ने भएकाछन्। आगामी फागुन ५ गतेबाट फिल्मको छायाँकनमा जाने तयारी भइरहेको बताइएको छ।

YOU MAY LIKE THESE POSTS
Loading...