अनुप बिक्रमको अदालतमा निसाफ मिल्ला कि नमिल्ला ?

अनुप बिक्रम शाहीको मुख्य भुमिका रहने चलचित्र ‘निसाफ’ सुरु भएको छ। भत्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो। मुर्हत सट समेत लिइएको कार्यक्रममा अभिनेता अनुपबिक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला तर मेरो अदालतमा तुरुन्त निसांफ मिल्छ’ भन्ने सम्बाद बोल्दै मुर्हत सट दिए।

मुर्हतमा पत्रकार कुबेर गिरीले क्ल्याप ठोके, संगीतकार मनोज चौलागाइले नरिवल फोर, निर्देशक नेत्र गुरुङले क्यामरा सुइज अन गरे भने चलचित्रका निर्देशक समेत विवेक सापकोटाले नै मुर्हत सटको निर्देशन गरे।

निसाफको प्रस्तुतकर्ता विवेक सापकोटा हुन्। अपराधिक कथामा बन्न लागेको यो चलचित्रमा अनुपको अलवा सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा, साधना सिलवाल लगायतको अभिनय रहनेछ।

सुपरियल फिल्मस्को ब्यानर बन्न लागेको चलचित्रका निर्माता यस जंग राना हुन्। लेखन समेत निर्देशक आफैले गरेको यो उनको निर्देशनमा डेब्यु चलचित्र हो।
चलचित्र दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत, श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहनेछ। चलचित्रका मुख्य सहायक निर्देशक विजय राज पौडेल हुन्।

३५ दिनको छायाँकन सेलुड सहित फ्लोरमा उत्रिएको यो चलचित्रको निर्माण लागत ६० लाख अनुमानत गरिएको छ। काठमाडौ, भत्तपुर लगायतका स्थानमा छायाँकन हुने चलचित्र आर आर फिल्मस्ले बितरण जिम्मा लिएको छ।

YOU MAY LIKE THESE POSTS
Loading...