परदेशबाट मोडलिङमा सक्रिय राज

पछिल्लो समय अस्ट्रेलिया म्युजीक भिडीयो तथा चलचित्र क्षेत्रको लागि दोस्रो नेपाल भएको छ। निर्माण, निर्देशन संगै अभिनयमा समेत निकै सक्रिय देखिन्छन् अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु। यस्तैमा आकर्षक जिउडाल र अनुहार भएका राज केसी पछिलो समय अभिनयमा देखिएका छन्। बिशेस गरेर केहि फरक काम गर्न रुचाउने उनले केहि समय अघि सर्ट मुभी ‘समय’मा अभिनय गरेका थिए। करिब १ बर्ष देखि अभिनयमा लागिरहेका राजको भनाईमा अभिनय एक कला हो।

पोखरामा जन्मिएर हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका उनि झट्ट हेर्दा बलिउड फेसका देखिन्छ। केहि म्युजीक भिडीयो ,विज्ञापन संगै भिजेको रुपमा समेत काम गरिसकेका केसीको योजना भने ठुलो पर्दा तिर छ।

कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ भन्ने कतव्र्य बोध भएको केसीले बताए। विगतलाई सम्झदै केसीले भने ‘पहिले देखि नै अभिनयमा चासो थियो तर समयले साथ दिएको थिएन, जब समयले साथ दियो सुरुमा अनुभव बटुल्न आएको थिए तर काम गर्दै जादा आशा, विश्वास र अनुभवले गर्दा अब कलाकारिता क्षेत्रमा केहि गर्ने योजना बनाएको छु।

तपाईंलाई यो पोस्टहरु मन पर्न सक्छन!
Loading...