‘ब्लाइन्ड रक्स’मा वेनिशाको उड्यो मन

दृष्टिविहिन युवती सृष्टि केसीको जीवनकथामा आधारित फिल्म ‘ब्लाइन्ड रक्स’को पहिलो गीत ‘उड्यो मन’ बाहिरिएको छ। दृष्टिविहिन सृष्टिको भूमिकामा रहेकी फिल्मकी नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको गीतको भिडियोमा कत्थक नृत्य र शास्त्रीय संगीतको मिश्रण छ। हरि लम्सालले संगी भरेको गीतको शब्दहरु नरेश भट्टराईले लेखेका हुन्। फिल्ममा बेनिशा संगै अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको पनि अभिनय छ। मिलन चाम्स निर्देशित यो फिल्म लन्डनमा प्रिमियर गरिएको थियो। फिल्मका निर्माता निकेश लिम्बु हुन्। फागुन १८ गते देखि नेपालमा रिलिज हुनेछ। एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा यो फिल्म निर्माण भएको हो।

Loading...