‘बेबि आई लव यू’ ट्रेलर

फिल्म ‘बेबि आई लव यू’को ट्रेलर रिलिज गरिएको छ। फिल्म निर्माण पक्षले प्रेस मिट गर्दै यो लभ स्टोरी फिल्मको ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा नव नायक सन्तोष खड्गी र नायिका पूजा तिवारी बिचको लभ, रोमान्स र विछोडको पिडालाई देखाइएको छ। यो फिल्म जेठ १८ गतेदेखि प्रदर्शनमा आउंदैछ।

जनक पाण्डेले निर्देशन गरेको यो फिल्ममाअभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको पनि अभिनय छ। चर्चित डान्स ग्रुप ‘कार्टुञ्ज क्रु’को पनि एउटा डान्स छ। कार्टुुञ्ज क्रुको प्रस्तुती रहेको फिल्मको ‘कान्छी मायालु’ बोलको गीत तथा भिडियो हिट भैसकेको छ। प्रेसमिटमा ‘कान्छी मायालु’ गीतमा कभर डान्स र गीत गाउनेलाई पुरस्कृत पनि गरिएको छ।’बि टुडी डान्स’ ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख को चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरे।