सलोन र करिश्माको पहिलो प्रेम सार्बजनिक ( भिडीयो )

चलचित्र ‘बाबु कान्छा’को रोमान्टिक गीत ‘मेरो पहिलो प्रेम…’ सार्वजनिक गरिएको छ । यहि शुक्रबार अर्थात् असार २९ गते देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठलाई फिचरिङ्ग गरिएको छ । सार्वजनिक गीतमा शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ । टंक बुढाथोकीको सङ्गीत रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको घले गाउमा छायांकन गरिएको गीतमा हिमालको रमणीय दृश्यहरु समाबेश गरिएको छ ।

यो चलचित्रमा चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेतसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेललगायतको अभिनय रहेको छ । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन् । शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

थप मनोरन्जनात्मक पोस्टहरु

Loading...