टिभी फिल्मीको शो टाइममा नयाँ नेपाली चलचित्र हेर्न पाईने

चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीको खुशी अनि दर्शकको सन्तुष्टि नै आफ्नो खुशी र सन्तुष्टि सम्झी अघि बढीरहेको टिभी फिल्मीले अब नेपाली चलचित्रको टिभी प्रिमियर गर्ने भएको छ। जस अन्र्तगत माघे संक्रान्तीको अवसर पारी गत वर्षको चर्चित चलचित्र टलकजंग भर्सेस् टुल्केको टिभी प्रिमियर हुने भएको छ। निश्चल बस्नेत निर्देशित चलचित्र टलकजंग भर्सेस् टुल्केमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, रविन्द्र सिंह बाँनिया, बुद्धी तामाङका साथै निश्चल बस्नेत स्वयंको पनि मुख्य भुमिका रहेको छ।

tv-filmy

आफ्नो प्रसारणको २४ सै घण्टा सम्पूर्ण रुपमा फिल्मी गतिविधी, फिल्म र फिल्मी गीतसंगीत मात्र प्रसारण गर्ने यस टिभीले हरेक दिन राती ९ बजे शो टाइम अन्र्तगत चलचित्र प्रशारण गर्दै आएको सर्वविदितै छ। यसै क्रममा दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै टिभीले नयाँ चलचित्रलाई प्राथमिकता दिने भएको छ।

शो टाइममा माघ १ बाट टिभी प्रिमियर अन्र्तगत नयाँ नयाँ चलचित्रहरु प्रशारण गरिने टेलिभिजनले जनाएको छ। शो टाइमले बिदेशी च्यानलमा सिरियल हेर्न दर्शकहरुलाई नेपाली टिभी च्यानल र चलचित्र प्रति आकर्षण गर्न सफल भएको विश्लेषण हुने गरेको छ। यस कार्यक्रमले चलचित्र हेर्ने संस्कारको विकास समेत गराएको छ।

YOU MAY LIKE THESE POSTS
Loading...