‘मिसेस् एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा गोमा र विन्दुले नेपालको प्रतिनिधित्व गर्ने

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ। यसैक्रममा मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको प्रतिनिधित्व गोमा अधिकारी र विन्दु लामाले गर्ने भएका छन्। उक्त प्रतियोगिता अन्तर्गतको मिसेस एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसेस सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेका हुन्।

गोमा र विन्दु दुवै जनाको सहभागिताको अवसर र व्यवस्थापन अमेजन ईन्टरटेन्मेन्टले र संयोजन नेपालका लागि ड्रिम सर्च एजेन्सीले गरेको हो। दुवै जनालाई कोरियोग्राफर हिमानी सुब्बाले आबश्यक प्रशिक्षण दिएकि छिन भने फिजिकल फिट्नेसमा गुडलाईफ फिटनेस सेन्टर र नृत्य प्रशिक्षणमा प्रतिक्षा मुभीजका नृत्य निर्देशक एलेक्स महर्जनले आबश्यक प्रशिक्षण दियका छन्। पोशाक संयोजन नेपाल रिमेडिज प्रा.ली.ले गरेको छ भने आर्टिस्ट नेपालले फोटो तथा भिडियोमा आबश्यक सहयोग गरेको छ।

नेपालको प्रतिनिधिबाट जाने प्रतियोगीहरुलाई आयोजकले सिङापुरमा राखी स्वागत गरी आगामी मार्च २४ मा मलेसियास्थित कन्ट्रि गार्डेन फोनिक्स होटलमा संचालन हुने मिसेस् एशिया प्यासेफिक ग्लोबल २०१८ मा सहभागि हुनेछन। दुबै प्रतियोगी अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा भएको पाचौं संस्करणको मिसेस हिमालयन नेपाल २०१८ का बिजेता र उपबिजेता हुन।

गोमा अधिकारी मिसेस् हिमालयन २०१८ का विजेता हुन्। उनले सो प्रतिस्पर्धामा वेष्ट पर्सनालिटी र वेष्ट ड्रेस विधाको अवार्ड पनि जितेकी थिइन्। कुकिङ, भ्रमण तथा गार्डेनिङमा रुचि राख्ने ३९ वर्षिया गोमा समाज सेवामा सक्रिय रहँदै आएकी छिन्।

मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टल २०१८ मा सहभागि हुने नेपाली प्रतिनिधि विन्दु लामा मिसेस् हिमालयन २०१८ का फस्ट रनर अप विजेता हुन्। उनले प्रतिस्पर्धामा मिसेस ईन्टिलिजेन्ट अवार्ड जितेकी थिइन्। नृत्य, गायन साथै नेपालका रमणिय ठाउँँहरुमा घुम्न रुची राख्ने तीस वर्षिया विन्दु नर्सिङ पेशामा आबद्ध भैसकेकी र सोही विषयमा मास्टर्स गर्ने तयारीमा रहेकी छिन्।

थप मनोरन्जनात्मक पोस्टहरु

Loading...