उनको कालो कपालमा… हुरुक्कै! गायक सुरज श्रेष्ठ

करिव १३ वर्षदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल…’ को भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन्। २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल…गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ।

विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देशनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन्। गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ। रोशन श्रेष्ठले खिचेको भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन्। सतिज श्रेष्ठ भिडियोका सम्पादक हुन्। एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा किसन भुसालको कोरियोग्राफी छ। – भिडियो हेर्नुहोस्

तपाईंलाई यो पोस्टहरु मन पर्न सक्छन!
Loading...