एलिशा राईलाई झ्याँई झ्याँई पार्न मन लागेपछि यो के गरिन्?

मोडल तथा अभिनेत्री एलिशा राईले आफूलाई झ्याँई झ्याँई पार्ने रहर जागेको कुरा नृत्यमार्फत व्यक्त गरेकी छिन्। गायिका सरु राई सरस्वतीको नयाँ गीत ‘झ्याँई झ्याँई झ्याँई…’ को म्युजिक भिडियोमा एलिशाले अभिनेता निराजन प्रधानसंगै झ्याँई पार्ने चाहना व्यक्त गरेकी हुन्। हालै सार्वजनिक उक्त गीतमा गायिका सरु राईकै शब्द तथा संगीत सुन्न सकिन्छ। प्रदीप जोशीले उक्त गीतमा संगीत संयोजन गरेका छन्।

आधुनिक शैलीको उक्त गीत नृत्यपरक छ। पहिलो पटक सुन्दैमा नाचौं–नाचौं लाग्ने उक्त गीतको भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले दर्शकको मन जित्ने शैलीको नृत्य गरेकी छिन्। भिडियोमा एलिशालाई अभिनेता निराजन प्रधानले अभिनय गरेर साथ दिएका छन्। युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन्। निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन्।

* म्युजिक नेपालको यु ट्युव च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो लाई सो च्यानलले अन्य अनलाईनमा सेयर गर्न स्वीकृत नगरिएको हुँदा हामीले यहाँ भिडियो प्रस्तुत गर्न सकेनौ।

थप मनोरन्जनात्मक पोस्टहरु

Loading...