‘ओ बेबी’ भन्दै प्रेमको रंगमा पुष्पल र सृष्टि

आजकल बनेका नयाँ म्युजिक भिडियो हेर्दा कुनै फिल्म हेरे भन्दा कम लाग्दैन। कथात्मक रुपमा बनाइएका यी भिडियोहरु आफैमा उत्कृष्ट बन्ने गर्दछन्। म्युजिक भिडियो सम्पादनमा राम्रो सम्पादकका रुपमा चिनिएका सम्पादक निशान घिमिरेले ‘भ्यालेन्टाइन डे’को मौका छोप्दै यस्तै कथात्मक शैलीको नयाँ भिडियो ‘ओ बेबी’दर्शकमाझ ल्याएका छन्। कुन्दन पाठकको आवाजमा समावेश रहेको यो गीतमा कञ्चन पाठक र मदन भण्डारीको शब्द तथा कञ्चन पाठककै संगीत छ। यो भिडियोमा दर्शकले मोडल पुष्पल खड्का र सृष्टिलाई प्रेमको रंगमा भिजेको देख्न सक्नुहुनेछ। पुष्पलले सृष्टिलाई ‘ओ बेबी’ भन्दै प्रेम साट्न खोजिरहेको भिडियोमा देखाइएको छ।

SUBSCRIBE YOUTUBE CHANNEL