DON’T KILL ME : भ्रूणहत्या विरुद्धको भावना

देशमा विद्यमान भ्रम हत्या अर्थात गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वरमा तयार पारिएको ‘नमार मलाई, नफाल मलाई..’ गीतको म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने चाहनालाई व्यक्त गरिएको छ।

रुपेश मान अमात्यद्वारा निर्मित यो भिडियो वास्तविक घटनामा आधारित यो गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन्। गीतका शब्दहरु नील गुरुङले रचना गरेका हुन् भने महेश ज्ञवाली यो गीतका संगीतकार हुन्। गर्भमा रहेको अबोध शिशुका भावनालाईहरुलाई एउटी बाल गायिकाको स्वरमार्फत प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा मोडल सृष्टि खड्काले कुमारी आमाको भूमिका निर्वाह गरेका छन्। भिडियोमा अर्जुन आचार्य तथा सपना थापाले पनि अभिनय गरेका छन्। बाबु प्रधान उक्त गीतका संगीत संयोजक हुन्। अर्जुन तिवारी तथा उनको समुहले यसमा छायांकन गरेका छन्। विकास दाहाल यसका सम्पादक हुन्।

SUBSCRIBE YOUTUBE CHANNEL

मनोरन्जनात्मक पोस्टहरु

Loading...