आइसल्याण्डमा खिचिएको पहिलो नेपाली म्युजीक भिडीयो ‘याद’

पछिल्लो समय नेपाली म्युजीक भिडीयोहरुको निर्माण शैली बदलिएको छ। पछिल्लो समय सार्बजनिक भएको म्युजीक भिडीयो ‘याद’ लाई एक उदाहरणको रुपमा लिन सकिन्छ। आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयोमा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले खिचिएको छ। उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो।  गीतमा विजय घिमिरे (भिजे) र जनक राईको स्वर सुन्न सकिन्छ। भने गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ। लामो समय देखि लन्डनमा बस्दै आएका भिजे लामो समय देखि गीत संगीतमा सक्रिय छन्। गीत लेखन निर्देशन र संगीत गर्दै आइरहेका उनि कभर गीतहरु बाट बिशेस लोकप्रिय भएका हुन्। जनक राईलेनै निर्देशन गरेको म्युजीक भिडीयोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन। भिडीयोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो। – भिडियो हेर्नुहोस्

SUBSCRIBE YOUTUBE CHANNEL