प्रेमीलाई समर्पित निशाको सधैंलाई

काठमाडौं । गायिका निशा कँडेलको स्वरमा रहेको गीत ‘सधैँलाई’ को भिडियो सार्वजनिक भएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियोमा राहुल प्रधानको संगीत संयोजन छ । गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको छ।

चक्र महर्जनले छायांकन गरेको भिडियोलाइ बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलाइ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।

केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।अष्ट्रेलियाको सिड्नी, डार्विन, पर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ, चितवन, बुटवल, नेपालगन्ज, पोखरा र बनेपामा कार्यालय सञ्चालनमा छन् ।

छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए । कला र गीत संगीत प्रेमी क्षेत्रिले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरुको प्रोमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए ।

थप मनोरन्जनात्मक पोस्टहरु

Loading...