समिरको बिति जाने भिडियो

काठमाडौं । गायक समिर हमालको नयाँ गीत ‘बिति जाने’को भिडियो सार्वजनिक भएको छ । समिरको सोलो एल्बम ‘यो स्वार्थी’मा समेटिएको गीतको भिडियोमा स्नेहा गौतम र प्रविन श्रेष्ठले फिचरिङ गरेका छन् ।

प्रेमभावको गीत थाइल्याण्ड र काठमाडौंमा खिचिएको हो । गीतमा समिरकै शब्द र संगीत रहेको छ । भिडियोमा अजय शमशेर राणाको छायांकन, गोकुल कुँवरको निर्देशन छ ।

समिर सन् २००४ देखि २०१७ सम्म म्यासेन्जर व्याण्डमा आबद्ध थिए । व्याण्डमा हुँदा उनी गायक र लिड गिटारिष्ट थिए । उनका यसअघिका गीतहरु ‘जब म’, ‘नभन मेरो माया’, ‘आँखा’मा बोलका गीत श्रोताले रुचाएका गीतमा पर्दछन् ।

थप मनोरन्जनात्मक पोस्टहरु

Loading...