बिकास र संज्ञाको प्रेमभावमा ‘तिमी बिना’

गायीका प्रबिसा अधिकारीको स्वरमा मनछुने म्युजीक गीती भिडीयो सार्बजनिक भएको छ । ‘तिमी बिना’ बोलको सार्बजनिक गीती भिडियोमा नागेन्द्र श्रेष्ठको संगीत र रचना प्रधानको शब्द सुन्न सकिन्छ। प्रेम र बिछोडको कन्सेपमा बनाइएको म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका छन् । एउटा राम्रो भिडीयो बनाउने आफ्नो प्रयास रहेको उनि बताउछन। बिकास लामिछाने र संज्ञा श्रेष्ठले मोडलिङ गरेको भिडीयोलाई उत्सब दाहालले खिचेका हुन्। भिडीयोमा सबिना गुरुङको मेकअफ र प्रविन श्रेष्ठको सम्पादन र कलर समाबेस छ।