बाहिरियो ‘नेप्टे’को पोष्टर

चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन्। ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन्।

फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन्। किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन्। कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन्। फिल्ममा सन्तोष राज, बाबु बोगटी र ओम सुनारको संगीत छ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

SUBSCRIBE YOUTUBE CHANNEL